६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

दक्षिणी भियतनाममा भिषण पहिरो, १३ जनाको मृत्यु, ४ बेपत्ता



भियतनाम । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४ जना बेपत्ता भएका छन् ।

हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ । भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  १० : ५६ बजे