३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

दिनेश गौतमको ‘फर्केर आएन मायालु’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । कर्णप्रिय स्वरका धनी गायककार दिनेश गौतमको ‘फर्केर आएन मायालु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी आधुनिक गीतको म्युजिक भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मर्मस्पर्शी गीतमा प्रेमीकाले प्रेमीलाई छोडेर गएको वियोगान्त क्षणलाई जीवन्त रुपमा उत्तार्न खोजिएको छ । गीतको शब्दले भनेको भावमा नायक नाजिर हुसेन र सृष्टि खड्काले जीवन्त अभिनय गरेका छन् । वर्षदिनमा धेरै ऋतुहरु फेरिए तर भेट्ने बाँचा सहित गएको प्रेमीका प्रेमीलाई भेट्न आएन । भौतिक शरीर छुट्टाएर कहाँ छुट्छ । नछुट्ने आदत लागेको छ । उनको याद भुलाउन मदिरा पिए, तर मलाई उसको लत लागेको छ । बिर्सेर होला सायद, सम्झेर आएन मायालु भन्दै गायक गौतम प्रेमिका नआएको वियोगमा छट्पटाएका छन् ।
‘पैसा कसले बनायो’ भन्ने चर्चित मर्मस्पर्शी आधुनिक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका गौतम केहि वर्ष गुमनाम रहे । केहि दिन अघि मात्र उनले ‘फर्केर आएन मायालु’ बोलको मर्मस्पर्शी आधुनिक गीत ल्याएर फेरी दर्शक, स्रोतामाझ आएका छन् । युट्युब च्यानलमा अपलोड गरिएको ८ दिनमै १ लाख ५४ जनाले उनको गीत हेरिसकेका छन् । गायक गौतमको अर्को उपनाम हो पुस्तकप्रसाद । उनकै संगीत, शब्दरचना तथा आवाजमा रहेको मर्मस्पर्शी गीतको म्युजिक भिडियोमा उत्सव दाहालले क्यामेरा चलाएका छन् । सम्पादन विकास दाहालको छ । म्युजिक भिडियोको निर्देशन निशान काश्यपले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस । 
https://youtu.be/RSzwl15LhpU

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ३ : ०६ बजे