३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

लिखु गाउँपालिकाको मोवाइल एप्स



ओखलढुंगा । यहाँको लिखु गाउँपालिकाले गाउँपालिकाका सबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स सार्वजनिक गरेको छ । मोवाइल एप्सबाट गाउँपालिकाका सुचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि गाउँपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो ।

गाउँपालिकाका सेवाका बारेमा जानकारी र सुचना दिन एप्स निर्माण गरेर सार्वजनिक गर्न लिखु ओखलढुंगाको पहिलो गाउँपालिका हो । एन्ड्रोइड मोवाइलमा PlayStore मा likhuokhaldhunga rural municipality टाइप गरि install गर्न वा हेर्न सकिने गाउँपालिकाका सुचना प्रविधी अधिकृत एवं सुचना अधिकारी द्रोणकुमार धमलाले बताए । उनले गाउँपालिकाका सबै गतिविधी एप्सबाट सार्वजनिक गर्ने पनि जनाए ।
एप्सले गाउँपालिकाका गाविविधी पारदर्शी बनाउन र सुशासनको आयमलाई योगदान गर्ने विश्वास गरिएको छ । लिुख गाउँपालिका यस अघि आवश्यक सबै ऐन तथा नियमावली निर्माण गर्ने र आफ्नै संरुचना निर्माण गरेर कार्यालय संचालन गर्ने पहिलो गाउँपालिकाका रुपमा परिचित छ । उक्त एप्स बुधबार एक कार्यक्रमका बीच गाउँपालिकामा लञ्च गरिएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख गोविन्दबहादुर पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओम नेपाली लगायत गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ४ : ३१ बजे