३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

भारतको काश्मिरमा ६ जना लडाकूको मृत्यु




भारत । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो ।
भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ । गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए । काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा युद्ध भइसकेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ७ : १३ बजे