३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

थुलुङ दुधकोशी गाउँपालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गर्दै




सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गर्ने भएको हो ।
विकास निर्माण, दैनिक सेवा प्रवाह, लगायत अन्य गतिविधीहरुको बारेमा आम नागरिक एवं सरोकारवालाहरुलाई सुसूचित गर्दै सुशासन प्रबद्र्धन गर्न गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्न लागेको अध्यक्ष असिम राईले बताए ।
गाउँपालिकाको सार्वजनिक सुनुवाई मंसिर १९ गते बुधबारका दिन गाउँपालिकाको कार्यालय मुक्लिमा विहान ११ बजेबाट शुरु हुनेछ । जिल्लाको स्थानीय तहमध्ये सुशासन र पारदर्शीतामा अग्रपंक्तिमा रहेको थुलुङ दुधकोशी गाउँपालिकाले हरेक नागरिकको सूचना पाउने अधिकारलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष राईले बताए । सार्वजनिक सुनुवाईमा उपस्थितिका लागि सम्पूर्ण गाउँपालिकाबासी तथा सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  २ : ५६ बजे