१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

अफगानिस्तानमा २२ प्रहरी मारिए




अफगानिस्तान । अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताए ।
तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताए ।
हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन् । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  ९ : ४९ बजे