
सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिका स्तरीय महिला समितिको अध्यक्षमा पासाङल्हामु शेर्पा (लुक्ला) चयन भएका छन् । शेर्पाको अध्यक्षतामा ९ सदस्यीय गाउँपालिका स्तरीय महिला समिति गठन गरिएको हो । महिलाहरुको संस्थागत र नेतृत्व विकासमा थप कार्य गर्नको लागि गाउँपालिका स्तरीय महिला समिति गठन गरिएको खुम्बुपासाङल्हामु गाउँपालिका उपाध्यक्ष टासी शेर्पाले बताए ।

गाउँपालिका स्तरीय महिला समितिको उपाध्यक्षमा लाक्पायाङ्जी शेर्पा (रिमिजुङ), सचिवमा आङकाण्डी शेर्पा (पैंया), सह–सचिवमा आङजाङ्मु शेर्पा (पाङगोम) र कोषाध्यक्षमा ङिमा शेर्पा (नाम्चे) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा फुर्वा याङजी शेर्पा (पाङबोचे), आङदामि शेर्पा (ठमिछोवा), ङिमा याङजी शेर्पा (छेप्लुङ), लाक्पाडोमा शेर्पा (खुम्जुङ) र फुली शेर्पा (मुसे) चयन भएका हुन् ।

खुम्बुपासाङल्हामु गाउँपालिकाभित्र रहेका २३ वटै महिला समूहका पदाधिकारी र जनप्रतिनिधीबीच अन्तक्र्रिया कार्यक्रम पश्चात महिला समिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष टासी शेर्पाले बताए । अन्तक्र्रिया कार्यक्रममा महिलाको संस्थागत र नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पा लगायत जनप्रतिनिधी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

तस्वीर सौजन्यः टाशी शेर्पाको फेसबुकबाट ।
१० मंसिर २०७५, सोमबार
406
Shares







