‘टिम्सबापत ६ वर्षभित्र उठेको ७ करोड खोई,’ यूनिट्राभ अध्यक्ष पराजुली

147 Shares

काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरेका छन् । उनीहरुले साउन २५ गते टानसमक्ष राखेको सात सुत्रीय मागको टानले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

टानमा मजदुरले तालाबन्दी गरेपछि अहिले ट्रेकिङ क्षेत्रका मजदुर र व्यवसायीहरु एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । मजदुरहरुले टान अध्यक्ष नवराज दाहालले मजदुर नाम गरेका व्यवसायीले टानमा तालाबन्दी गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले व्यक्तिगत स्वार्थका लागि मजदुरलाई गम्भिर आरोप लगाएको बताएका छन् ।
तालाबन्दीको नेतृत्व गरेको मजदुर संगठन यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टान अध्यक्षको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै दाहालको स्वर्थबमोजिम आएको र यसले टान स्वयंले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । आरोपको खण्डन गर्दै अध्यक्ष पराजुलीले यूनिट्राभ व्यवसायीको संगठन नभइ मजदुरको हकहितको निम्ती लडेको संस्था भएको र टानले व्यवसायी र मजदुर छुट्याउन नसक्नु उसको कमजोरी रहेको बताए । उनले आरोप प्रमाणित गर्न नसके चरणबद्ध रुपमा आन्दोलनलाई अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।
मजदुर संगठन यूनिट्राभले वि. सं. २०६६ सालदेखि वि. सं. २०७२ सालसम्मको मजदुरको नाममा रहेको टिम्सबापतको ७ करोड रुपीयाँ कहाँ छ भनि टानसमक्ष हिसाबकिताब देखाउन पनि चुनौती दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार