३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

खोटाङ ‘बतासे आईडल सिजन-२’को उपाधि पवित्रा राईलाई



खोटाङ । ‘बतासे आईडल सिजन-२’ को उपाधि पवित्रा राईले जितेकी छन् । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासेमा आयोजना गरिएको ‘बतासे आईडल सिजन-२’मा एक हजार विद्यार्थीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन् ।

बतासेका विभिन्न विद्यालयमा अध्ययनरत १७ वर्ष मुनिका एक हजार विद्यार्थीले प्रतियोगीतमा सहभागी भएका थिए । प्रतियोगिताको विभिन्न चरण पार गर्दै एनिसा परियार दोस्रो, सुजनकुमार राई तेस्रो र सन्जा राईले सान्तवना स्थान हासिल गरेका थिए । कार्यक्रम राजदेश राईको प्रायोजनामा भएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार नगदसहित ट्रफि, ठुलो डिस्नेरी, किताब र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दोस्रो हुनेलाई २ हजार नगद, मेडल, डिस्नेरी किताव र प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्ने विजेतालाई १५ सय नगद, मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै चौथो हुनेलाई १ हजार नगद, मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँबस्तीमा अवसर नपाएर ओझेलमा परेका प्रतिभालाई प्रोत्सान, उत्साह, हौसला र सम्मान गर्ने उद्देश्यले ग्रामिण सेवा समाज भुल्केको आयोजनामा ‘बतासे आईडल सिजन-२’ गरिएको स्थानीय समाजसेवी राजदेश राईले बताए ।
कार्यक्रमको प्रमुख अतिथी तथा दिप्रुङ्ग चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले विजेतालाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा सुवास सर्जन राई, विजय राई र सूर्यकिरण राई निर्णायकको भूमिकामा थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ११ : ११ बजे