२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

पर्यटक लोभ्याउन भेडेटारमा दुई दिने चंगाचेट उत्सव हुने



सन्तोष रुचाल/धनकुटा, ११ असोज । आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउन धनकुटाको पर्यटकीय स्थल भेडेटारमा दुई दिने चंगाचेट उत्सव हुने भएको छ ।
नेपालीको महान पर्व विजया दशमी तथा दिपावलीको अवसर पारेर भेडेटार होटल एशोसिएशनको आयोजना र सिल्भर इन्टरटेनमेनको व्यवस्थापनमा असोज २१ र २२ गते चंगाचेट उत्सव हुन लागेको हो । उत्सवको बेला भेडटार आउने आन्तरिक तथा तथा वाह्य पर्यटकलाई चंगा उडाउने व्यवस्था गरिने आयोजक भेडेटार होटल एशोसिएशनका अध्यक्ष लिलाराज लावतीले बताउँनुभयो । उत्सवमा सहभागी हुन चाहने जोडीले प्याकेजमा भए २५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्छ । उनीहरुलाई दुई दिनको खाना बस्नेको व्यवस्था आयोजकले व्यहोर्ने छ ।
vedetar
त्यस्तै चंगा चेटमा मात्रै सहभागी हुने भए प्रति ब्यक्ति ५ सय रुपैयाँ तिर्नु पर्ने बताइएको छ । उत्सवलाई थप आर्कषक बनाउन लिङ्गे पिङ, माउन्टेन बाइक ¥याली, फेस पेन्टिङ्ग, फुड स्टल तथा साँस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । उत्सव अवधिभर सबैभन्दा बढी चंगा चेट गर्ने एक जोडीलाई सिक्किम टुर र विभिन्न आर्कषण पुरस्कार र दोस्रो हुने जोडीलाई पोखरा टुर र आर्कषण पुरस्कारको व्यवस्था रहेको आयोजक होटल एशोसिएशनका सचिव जितेन्द्र रुम्दाली राईले बताउँनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ८ : ०८ बजे