३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तमोर नदीमा व्यवसायिक जलयात्रा शुरु



पाँचथर । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्दै जिल्लाको आर्थिक समृद्धी उकास्ने उद्देश्यले तेह्रथुम र पाँचथरको सिमाना भएर बग्ने नदी तमोरमा व्यवसायिक ¥याफटिङ शुरु गरिएको छ । केही वर्षकोदेखि साहसिक, रोमाञ्चक कलाप्रति पर्यटकहरु आकर्षित हुदै गई रहेको बेला पाँचथरमा शुरु गरिएको ¥याफटिङप्रति स्थानीयको आकर्षण बढेको हो । ३/४ पटक काठमाडौंबाट आएका पर्यटकहरु तमोर नदीबाट यात्रा गर्दै मुलघाटतिर लागेको देखेपछि आफुलाई पनि त्यो व्यवसाय गर्न उत्साही भएर ¥याफटिङ व्यवसाय शुरु गरेको तमोर भ्याली ट्राभल्स टुर्स एण्ड ट्रेकिङ प्रालिका सञ्चालक दिपेन्द्र तुम्बापोले बताए । यो व्यवसायले खास गरी पुर्वी पहाडी जिल्ला पाँचथरलाई पर्यटक गन्तव्यको रुपमा स्थापित गराउन ठूलो टेवा पुग्ने छ । सञ्चालन भएको ३/४ दिनमै ¥याफटिङका लागि नाम दर्ता गर्नेको संख्या थपिन्दै गएको तुम्बापोले बताए ।

पुर्वी पहाडी जिल्लाहरुमध्ये पर्यटकीय हिसाबले अगाडी रहेको इलाम र ताप्लेजुङको नाम अगाडी आउँथ्यो तर अब ती जिल्लाहरुमा भन्दा फरक साहसीक र रोमाञ्चक आनन्द प्राप्त गर्न रुचाउने पर्यटकहरुले पाँचथरलाई रोज्ने ब्यबसायी दिलिप अधिकारी बताउँछन । केही महिना अघि मात्र पाँचथरका उत्साही युवा व्यवसायीहरुले प्यारागलाइडिङको परिक्षण उडान सफल गरेर जिल्लामा प्यारागलाइडिङको सम्भावना रहेको देखाएका थिए । जिल्लामा ¥याफटिङ शुरु भयो अब प्यारागलाइडिङको उडानका लागि दर्ताको काम अन्तिम चरणमा पुगेको अधिकारी बताउँछन ।
पाँचथरको हिलीहाङ गाउँपालिका वडा न २ पिनासीघाट देखि साढे दुई घण्टामा १२ किलो मिटरमा रहेको फिदिम नगरपालिका ४ को माझीटार सम्ममा यो यात्रा टुगिन्छ । गाडीमा गुडेको र हवाइ जहाजमा उडेको भन्दा ¥याफटिङमा बहेको यात्राको मज्जा बेग्लै हुदो रहेछ पहिलो पटक तमोर नदीमा जलयात्रा गरेका युवा मेदनी लावती भन्छन । यस्तो रोमान्चक यात्राले साच्चै पाँचथरलाई प्रदेश न १ कै उत्कृष्ट जलयात्रा गर्ने गन्तब्यको रुपमा स्थापित गराउने पक्का छ यसले यो क्षेत्रको आर्थिक समृद्धीमा सघाउ पु¥याउँछ लावती भन्छन् ।
पाँचथरको तमोर नदीमा ¥याफटिङ सञ्चालन सम्भावताका लागि १९०७ सालमा पहिलो पटक सर्भे गरेर नेपाल सरकारबाट सन २००२ मा अनुमति पाएको तमोर नदीको यात्रा पुर्वको उत्कृष्ट जलयात्रा गर्ने नदीमा पर्ने नेपाल राष्ट्रिय एसोसिएसन ¥याफटिङ एजेन्सीका पुर्व अध्यक्ष गोपाल खरेल भन्छन । विदेशी पर्यटकहरुका लागि साहसीक जलयात्राका लागि नेपालमा भेटेकोशी नदी उत्कृष्ट मानिन्छ । अहिले सम्म नेपालका १६ वटा नदीमा ¥याफटिङ गर्न सकिने अनुमति सरकारले दिएको भए पनि कति वटा नदीमा जलविद्युत आयोजना सञ्चालन भएका कारण गर्न नसकिने अबस्था छ खरेल भन्छन् ।
नेपालका सबै नदीमा जलयात्रा गरी सकेका रिभर गाइड राजन थापा मगर तमोरको पानीको बहाप नेपालीहरुका लागि उपयुक्त भएको हुनाले यहाँ विदेशी भन्दा स्वदेशी पर्यटकको रोजाइमा तमोरको ¥याफटिङ पर्ने मगर भन्छन् । अहिले ¥याफटिङ यात्रा शुरु हुने पिनासी घाट र अन्त हुने ठाउँ माझीटार सम्म मोटरबाटोको सुबिधा पुगेको र तमोर नदीको पानी सफा भएको कारणले यात्रा रोमान्चक र सहज हुने गरेको मगर थप्छन् । केही वर्ष देखि बम्जी, प्यारागलाइडिङ र ¥याफटिङ जस्ता शाहसिक मनोरञ्जनात्मक खेलप्रति पर्यटकको आकर्षण बढी रहेको बेला जिल्लामा पहिलो पटक सञ्चालन भएको ¥याफटिङले जिल्लाको पर्यटन व्यवसायसँगै जिल्लाको समृद्धीमा ठूलो टेवा पु¥याउँछ, यसले यो व्यवसाय मात्र होइन अन्य समग्र जिल्लाकै आर्थिक विकास र पहिचान बनाउन सक्षम हुन्छ पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरे बताउँछन् । ¥याफटिङ गर्न जाने यात्रीका लागि बिहान फिदिममा खाना, फिदिमदेखि पिनासीघाटसम्म ट्याक्सी र यात्रा अन्तिम हुने स्थान माझिटारबाट पुन फिदिम सम्म आउनका लागि प्रति व्यक्ति ३ हजार शुल्क लिने गरेको सञ्चालक तुम्बापो बताउँछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  २ : ३८ बजे