३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

वाङ्छु शेर्पाको आरोपमा पीडित पक्षको प्रष्टोक्ती, ‘बच्चा किड्न्यापको नाकट गरी सहानुभूती लिनु बेकार छ’



काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई मानव ओसारपसारको आरोप लगाएका वाङ्छु शेर्पाको एकपछि अर्को अभिव्यक्तिपछि पीडित पक्षले स्पष्टिकरण दिएको छ । आम नागरिकमा वाङ्छुले तथ्यहिन र हाँस्यपद प्रमाणको भरमा झुठो आरोप लगाउनु केहिदिनको लागि मात्र भएको पीडित पक्षले बताएका छन् ।

पीडित पक्षले बताएको कुरा जस्ताको तस्तै ‘वाङ्छु शेर्पाले आरोपमा ६४ लाखको कागज बनाएको देखिन्छ, त्यसमा सम्झौताको पहिलो पक्षको नत नाम नै मिल्छ न हस्ताक्षर देखिन्छ यस्तो किन भयो । सबैले बुझ्ने कुरो कानूनी रुपमा दुवै पक्षको साक्षी राखिएको हुन्छ त्यो पनि देखिन्न । ६४ लाखको कागज गरिएको भानिन्छ, तर, सबैले बुझेकै कुरा के भने त्यत्रो रकम तिरेर कोहिपनि अष्ट्रेलिया आउदैनन र आएको देखे, सुनेको पाईदैन कुन चाँही मुर्ख अष्ट्रेलिया आउछ त्यो नपत्याउने कुरो हो ।’ एकातिर पैसाको कारोबार भएको हो, भन्ने आरोप लगाएको छ, फेरी दुई पक्षीय एकाङ्की हस्ताक्षर भएको तमसुक कागजमा ६४ लाखको कुरो कहाबाट आयो । कुनै कारण देखिन्न । त्यो हाँस्यास्पद छ । जो वाङ्छु शेर्पा अष्ट्रेलिया बस्छन् सुविधासम्पन्न देशमा बस्ने व्यक्ति अध्ययन पनि गर्दैछु भन्छन्‚ जसको श्रीमती भाडा माझेर बस्छ भनिएको छ‚ त्यो अर्को सेफद झुट हो । निजको श्रीमती अत्यन्त विलाशी तरिकाले बसेकी छिन‚ त्यो कसैबाट छिपेको छैन । हिमचिम र उठबस सोचेको बन्दा फरक छ । यदि असल महिला भएको भए अस्वाभाविक रुपमा यतिका पैशा कहाबाट आयो भनेर आफ्ना श्रीमानलाई सोध्न सक्थिन् तर मतियार भएर मौन समर्थन दिई रहिन ।
अष्ट्रेलिया कोर्टमा मैले मुद्धा जिते भनेर पनि भन्न भ्याए, झुटको साहारा लिएको प्रष्टै देखिन्छ । कानुनी राज्य जहा मन्त्री, प्रधानमन्त्री, गभर्नर जेनेरल समेतलाई कारबाही हुने देशमा राजदुतलाई सजिलै देश निकाला गर्न सकिन्छ । तर‚ डिप्लोम्याटिक ईमुनिटिको कुरा गरिएको छ । सम्बन्धित देशमा बन्दि नबनाईएला तर‚ देश निकाला गर्ने अधिकार सम्बन्धित देशमा अधिकार रहन्छ । यहाँ पनि झुट्ले गर्दा आफै फस्ने काम गरेका छन् । यस्तो कुरालाई पश्रय दिनु खेदजनक छ । मलाई नेपालमा खतरा छ‚ भनेर नेपालको कानूनी राज्यको धज्जी उडाएको छ । खतरा छ‚ भने कानूनी उपचार पनि छ । किन, कसरि र कोबाट खतरा छ । त्यो प्रष्ट हुनुपर्थ्यो त्यो पनि खुलेन । बच्चा किड्न्यापको नाकट गरेर सहानुभुतिको ढोङ रच्नु बेकार छ । यदि त्यसो हो किन पुष्टि गरेर कडाभन्दा कडा कानूनी दायरामा ल्याउन सकिन्थ्यो र कानूनी उपचारबाट न्यायको सास फेर्न सकिन्थ्यो । दोषीलाई चाहे जसरी दण्डित गर्न सकिन्थ्यो तर फगत सहानुभूतिको लागि नाटक गोहीको आसु चुहाएको मात्र देखिन्छ । एउटा प्रसंगमा गरेको सम्बाद अर्को प्रसंगमा जोडेर भ्रम फैलाउनु महाभुल हो । राम्ररी ध्यान दिएर सुने हुन्छ । पर्खाल लगाउदा अर्काको तिर्नु पर्ने नतिरि फरार अभियुक्त्तलाई पैसा तिराउन गरिएको सम्बाद हो त्यो । प्रष्ट छ जसका बारेमा पिडितहरुलासँग पनि बुझ्न सकिन्छ । सार्वजनिक मानिस जोसँऊ पनि भेट्छ र भेटन सकिन्छ । त्यो कुनै नौलो कुरो होईन कामको विषयमा पनि कुरो गरिएको छ‚ तर भेटेकै आधारमा गलत ढंगले उछाल्नु खेदजनक छ ।
उनकै शब्दमा भन्नु पर्दा पाईलट हु‚ अमेरिका सिटिजन हु‚ नर्शिङ्ग पढ्यो भने पिआर पाईञ्छ‚ भन्ने झूटको सहारा लिएर भ्रम छरेर ठगि धन्धामा लिप्त भएको पाईञ्छ‚ जसले डिफ़्याटको नक्कली भिषाहरु पनि बनाएर पठाएको घुनासो छ । वाङ्छु र हामी पिडितहरु वि.सं. २०७०, ०७२ र ०७३ सालमा डिलिंग भै ठगिमा परेका थियौ‚ तर त्यतिखेर राजदुत र वाङ्छु दुई पक्षको चिनाजानी थियो ? पटक्कै थिएन । नेपाल मात्र होईन २२ वटा एम्बेशिबाट कामदार भागे भनेर वाङ्छु शेर्पाले भन्न भ्याए तर‚ किन भागे ? कुरा प्रष्ट छ‚ गलत आरोप लगाएर पिआर लिने यदि अनि साचिक्कै पीडित भएको हुदो हो त मान्छे नभएको समयमा चोर जसरी राती किन झ्याल ढोका खुला राखेर भाग्नुपर्‍यो कुरो यहि प्रष्ट छ । हामि सिधै कारोबार उसैसग गरेका हौ‚ उसैले हाम्रो क्षतिपूर्ति दिनुपर्नेछ ।
चोरले चोर लगाउदैमा कोही पनि चोर हुने होईन‚ यदि त्यसो हुदो हो जसलाई जे आरोप लगाए नि भयो । सबैभन्दा गतिलो बैज्ञानिक आधार भनेको दुबै पक्षको बैक खाता निरिक्षण गरुन चाहे नेपालका हुन्‚ या विदेशको त्यो बिसौ बर्ष अगाडि देखिकै किन नहोस आवश्यक परे खोजबिन हुनपर्छ‚ यो नै सबैभन्दा बैज्ञनिक, बैधानिक, पारदर्शी र सजिलो माध्यम पनि हो । किनकी यो आर्थिक मामिलासंग जोडीएको छ । जसरी पनि पीआर लिने र पाउने कुत्सित आरोप Allegation थुपारेर पीआर लिन्छु भन्ने कति घृणित र लज्जास्पद छ‚ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छा । वास्ताविकता र यथार्थ के हो भन्ने कुरा निकट भविष्यमै छर्लंग हुनेछ । वाङ्छु शेर्पा नेपाल र सिंगापुरमा पनि धेरै लाई ठगी गरेर हाल फरार छन् । हामि पिडितहरुले सप्रमाण मुद्धा दायर गरेका छौ‚ नेपालि उखानलाई मान्ने हो भने जुन औला बिष लाग्छ त्यहि औला झर्छ । जसले अंगार खान्छ उसैको मुख कालो हुन्छ । यसर्थ बिना तथ्य प्रमाण कसलाई र कसको मानमर्दान गर्न जरुरि हुदैन ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  २ : ५२ बजे