काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४ औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कामय ग¥यो । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ६१ आँै मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेर शीर्ष स्थानमा यथावत छ ।
मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ । यसैबीच आजको खेलसँगै सातौ चरणका खेल सकिएका छन् । आठौँ चरणका खेल यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने बताइएको छ ।
२४ मंसिर २०७५, सोमबार
42
Shares







