२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

सभामुख महराले भने, ‘किराती उधौली चाडले मुहारमा हर्ष र उल्लास छावोस,’



काठमाडौं । प्रतिनिधी सभाको सभामुख कृष्णबहादुर महराले किराती समुदायमा मनाइने उधौली चाड, २०७५ को अवसरमा शुभकामना सन्देश दिएका छन् । संघीय संसद नेपाल, प्रतिनिधी सभाको सभामुख कार्यालयको लेटरप्याड मार्फत किराती समुदायको उधौली चाडको शुभकामना सन्देश दिएका हुन् ।

सभामुख महराले ‘किरात समुदायको महत्वपूर्ण चाडको रुपमा रहेको किरात चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, शाँदार पिदर, भुम्या) ले यस समुदायका स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण समुदायको मुहारमा हर्ष उल्लास छावोस भन्दै सम्पूर्ण समुदायमा उत्तरोत्तर प्रगतीको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।
‘नेपाल विभिन्न धर्म र सँस्कृतिको संगमस्थल हो, यहाँ विभिन्न सँस्कृति र धर्महरुको समान स्थान रहेको छ, नेपालको संविधानले बहुसाँस्कृति, बहुधार्मिक तथा धर्म निरपेक्षतालाई आत्मासाथ गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘प्राचिन कालदेखिनै नेपालमा धार्मिक सहिष्णुता रहेको र सबैले सबै धर्मलाई उचित सम्मान गरेको अवस्था रहेको छ, सबै धार्मिक समुदायका विशिष्टिकृत चाडपर्व र सँस्कार रहेका छन् ।’

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ५ : ४८ बजे