२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

दुई दिने जलवायु सम्मेलनको उद्घाटन राष्ट्रपति भण्डारीद्वारा


१६ पुस २०७५, सोमबार  

49
Shares

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएको छ ।

जिल्ला समन्वय समिति ९जिसस० महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा सुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राखेकी हो ।

 

उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्याको बारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रष्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिए।

सम्मेलनको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाका दरले सहभागी रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार  १२ : ०४ बजे