२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण


२४ माघ २०७५, बिहिबार  

7
Shares

नयाँ दिल्ली ।भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेको छ ।

पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गरेको थियो ।

महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्नु भएको काँग्रेसले जनाएको छ ।

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।

पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ ।

झण्डै २० वर्ष पार्टीको नेतृत्व गर्नु भएकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गर्नु भएको थियो भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेको हो ।

विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहनु भएका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बन्नु भएको छ ।

उहाँले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उहाँलाई सहजै हेर्न थालिएको छ ।

करिब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ९ : ३५ बजे