ओखलढुंगा, १८ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य तथा ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले संविधान वेद र वाइबलजस्तो अपरिर्वतनीय वस्तु नभएको बताएका छन् । एमाले ओखलढुंगाको चियापन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई पुस्पलाल स्मृति भवन ओखलढुंगामा सम्बोधन गर्दै सुनुवारले औचित्य र आवश्यकताका आधारमा संविधान संसोधन हुन सक्ने बताए । केही खाल्डा खुल्डी भए सम्याउन सकिने भन्दै त्यसको पहिचान हुनु पर्ने पनि बताए ।
संविधान निर्माण गर्नकै लागि दुई पटक निर्वाचन गर्नु परेको उल्लेख गर्दै उहाँले नेपालको संविधान सहमतिको दस्तावेज भएकाले एमाले पनि संविधानमा पूर्ण सन्तुष्ट नरहेको बताए । एमालेका शीर्ष नेताहरुले संविधान संसोधन हुनै नसक्नृ बताइरहेको समयमा उनले संविधान संसोधन गर्न संसदमा दुई तीहाइ मत आवश्यक भएकाले उक्त प्रावधन पुर्याउने जो कोहीले आफ्नो अनुकुलतामा संसोधन गर्न सक्ने धारणा राखे । स्थानीय तहको निर्वाचन नहुँदा विकास र समृद्धिको बाटो अबरुद्ध भएकाले तत्काल तीन तहको निर्वाचन हुनुपर्ने सुनुवारको भनाइ छ । निर्वाचनपछि पनि संविधान परिमार्जन गर्ने अवसर आउने भएकाले देशलाई स्थायीत्व दिन निर्वाचन गर्ने दिशामा सबै अग्रसर हुनेमा एमाले विस्वस्त रहेको सांसाद सुनुरवारले आशा व्यक्त गरे । समृद्ध जिल्ला निर्माण गर्न सबै दल र सरोकारवाला निकायसँग हातेमालो गर्न एमाले तयार रहेकाले सबैलाई मिलेर अघि बढ्न आग्रह पनि गरे ।
चियापान कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय नागरिक समाज, संचारकर्मी उद्योगी व्यापारी तथा एमालेका नेता कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।
संविधान: ससाेधन हुन सक्छ वेद र वाइबल होइन: यज्ञराज
0
Shares