३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

युद्ध सुरु भारत र पाकिस्तानको भारतीय दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी


१५ फाल्गुन २०७५, बुधबार  

294
Shares

इस्लामाबाद ।पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताएको छ । उहाँले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए ।

यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् ।

पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ०४ बजे