५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

निर्वाचनसम्बन्धी विधेयकमा छलफल



काठमाडौँ, २० असोज । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरु सदनमा प्रस्तुत गर्नुभएको थियो । काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको दलको कार्यसमितिको बैठकमा सदनमा प्रस्तुत भएका विधेयकमाथि आन्तरिक छलफल भएको थियो ।

दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सो जानकारी दिँदै ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष एवम् शान्ति मन्त्री सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, अर्का केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार मन्त्री रमेश लेखकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७३, बिहिबार  ८ : २० बजे