सगरमाथा आरोहणमा १ सय ९३ आरोहीले अनुमति लिए

Facebook Debugger

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । ४६ आरोही समूहका १ सय ९३ आरोहीबाट आजसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रूपैयाँ रोयल्टी जम्मा भएको पर्यटन विभागका कर्मचारीले बताएका छन् ।

सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५ सय ७५ राजस्व उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १ सय ९३ आरोही गएका छन् । सगरमाथा सहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागका कर्मचारीले बताए । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई(दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ । सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ राजस्व जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ राजस्व उठेको थियो ।
सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ ।

Published On:  345पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार