जुगल हिमालमा पहिलो पटक मानव पाइला

217 Shares

सिन्धुपाल्चोक । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मंगलबार पहिलो पटक मानव पाइला पुगेको छ । चैत १५ देखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मंगलबार ५ बजेर २० मिनेटमा शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट ४ हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मंगलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एव प्रथम समावेशी हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण सुरु भएको थियो ।
गुरुङसहित सिन्धु पर्यटन परिषदका महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्रा्ष्ट्रिय माउन्टेन गाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् । प्रदेश ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार