सगरमाथा आरोहण गर्न ३ सय जनालाई अनुमति, १२ जना नेपाली

Facebook Debugger

सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६ सय १६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डका कर्मचारीले बताएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २ सय ५१ पुरुष र ४९ महिला रहेका छन् । जसमध्ये नेपाली महिला ६ र पुरुष ६ जना छन् ।
सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र ९ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् । नर्वेका ४ पुरुष र ३ महिलासहित ७, जापानका ४ पुरुष र २ महिलासहित ६, हङकङ र अर्जन्टिनाका ४–४ जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।
यस्तै आठ हजार ५ सय १६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, ६ हजार ८ सय १४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८ सय ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ । यस्तै आठ हजार ४ सय ६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए ।

Published On:  247पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार