सुडानी सरकारका पूर्वसदस्य पक्राउ

Facebook Debugger

काठमाडौं । सुडानको संक्रमणकालीन मिलिटरी काउन्सिलले अपदस्थ सरकारका सदस्यहरुलाई गिरफ्तार गरेको छ । सुडानमा सैन्य ‘कु’ पछि राजनीतिक घटनाक्रम फेरबदल भइरहेका बेला पूर्ववर्ती सरकारका सदस्य गिरफ्तारीमा परेका हुन् ।

नियन्त्रणमा लिइएकाहरुलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन । यद्यपि, उनीहरु सुरक्षित स्थानमा रहेको काउन्सिलले जनाएको छ । सुडानका रक्षामन्त्री समेत रहेका आवाद इब्न अउफले सैनिकहरुलाई हातमा लिएर ३ दशकदेखि सुडानको राष्ट्रपतिमा सत्तासीन ओमर अली बसिरलाई पक्राउ गरी गत बिहीबार शासन हत्याएका थिए ।
तर, त्यसको १ दिनपछि नै उनी आफ्नो कदमबाट पछि हटेका थिए । सुडानमा जारी राजनीतिक अस्थिरताले नयाँ मोड लिइरहेका बेला संक्रमणकालीन मिलिटरी काउन्सिलले पूर्ववर्ती सरकारका सदस्यहरुलाई नियन्त्रणमा लिएको हो । काउन्सिलले प्रदर्शनकारीमाथि भने नरम नीति लिएको छ । उनीहरुलाई कुनै बल प्रयोग नगर्ने काउन्सिलले प्रष्ट पारेको छ । राष्ट्रपति बसिरको बहिर्गमन माग गर्दै आन्दोलित सुडानीहरुले सैन्य ‘कू’प्रति आपत्ति जनाउँदै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । गैरसैनिकलाई सत्ता सुम्पनुपर्ने मुख्य माग प्रदर्शनकारीहरुको छ ।

Published On:  186पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार