नेपाल, भारत र चीनकी महिलाले एकसाथ सगरमाथा चढ्ने

Facebook Debugger

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ र्पुयाउने उद्देश्यका साथ ३ महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरे ।

कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् । चीनकी माले पनि यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । आरोहण दलको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेका पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

Published On:  220पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार