सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नेपाल सरकारले दुई महिनामा ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपीयाँ राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणको मुख्य सिजन भएकाले ३८ आरोहण दलका आरोहीबाट सरकारले उक्त राजस्व संकलन गरेको हो ।

सगरमाथा आरोहणका लागि ३३ विदेशी आरोहण दलका ३ सय ६२ जना आरोहीले अनुमति लिएका छन् । त्यस्तै ५ नेपाली आरोहण दलका १३ जना नेपालीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । ३३ विदेशी आरोहण दलका ३ सय ६२ जना आरोहीबाट ४३ करोड ५२ लाख ५५ हजार ९ सय १२ र ५ नेपाली आरोहण दलका १३ जना आरोहीबाट ९ लाख ७५ हजार रुपीयाँ राजस्व संकलन गरेको हो ।
विदेशी नागरिकलाई सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर र नेपालीलाई प्रतिव्यक्ति ७५ हजार रुपीयाँ राजस्व तिर्नुपर्छ । हिमाल आरोहणको सबैभन्दा उत्तम सयम वसन्त ऋतु भएकाले पनि यो समयमा सगरमाथा लगायत अन्य हिमालहरुको आरोहणका लागि धेरै आरोहीहरु आउने गरेका छन् ।
१३ बैशाख २०७६, शुक्रबार
245
Shares







