पर्यटन प्रबर्द्धनका लागि वृहत साँस्कृतिक कार्यक्रम सोलुखुम्बुमा (फोटो र भिडियो सहित)

0 Shares

बुद्धवीर बाहिङ/सोलुखुम्बु, २२ असोज । भूकम्पपछि तङग्रीदै गरेको सोलुखुम्बुको पर्यटन क्षेत्रलाई सुरक्षित छ भन्ने सन्देश दिनका लागि सोलुखुम्बुमा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हेल्पलाईन युथ भिजन नेपालले जिल्लाको सदरमुकाम सल्लेरीमा आयोजना गरेको वृहत साँस्कृतिक कार्यक्रममा पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटनलाई आकर्षण गर्न विशेष जोड दिइएको थियो ।
solu-help-line-photo-1
विदेशी नागरिकहरुलाई मात्र पर्यटक भन्ने मान्यतालाई चिर्न वृहत साँस्कृतिक कार्यक्रममो आयोजना गरिएको हेल्पलाईन युथभिजन नेपालका अध्यक्ष रोसन घिमीरेले बताए । ‘हामी विदेशी नागरिकहरुलाई मात्र पर्यटक भन्छौं, तर हामै्र नेपालका विभिन्न जिल्लाबाट यस क्षेत्रमा घुम्न आएका मानिसलाई हामी पर्यटक मान्दैनौं, त्यसैले अब हामी एक जिल्लाबाट अर्को जिल्लामा वा एक ठाउँबाट अर्को ठाउँमा घुम्न गयौं भने हामी सबै पर्यटक हो भन्ने मान्यता राख्नु पर्छ’ अध्यक्ष घिमीरेले भने ।
solu-help-line-photo-2
हेल्पलाईन युथ भिजन नेपालले सोलुखुम्बु जिल्लाको दुर दराजमा रहेका १५ जना जेहन्दार विद्यार्थीहरुलाई छात्रावृक्ति प्रदान गर्ने भएको छ । विभिन्न सामाजिक काम गर्दै आएको संस्थाले सोलुखुम्बुमा पनि विभिन्न सामाजिक काम गर्ने भएको छ ।
solu-help-line-photo-5
वृहत साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायिका तथा हास्यकलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । सोलुखुम्बु जिल्लामै पहिलो पटक नेपालका चर्चित गायक रामकृष्ण ढकाल र गायिका कोमल ओली सल्लेरी पुगेका थिए । गायक ढकालले ‘मलाई यो जीन्दगीले कहाँ पु¥यायो’, ‘ओराली लागेको हरिणको चाल भो’, ‘पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दै नरोकी’, ‘फुल भन्छ पूmलीरहुँ, जुन भन्छ चम्कीरहुँ’, ‘चरीले त छाडेर गैगयो, सम्झना चाँही डालीमै रहीरह्यो’ र ‘छिटको गुन्उ तिमीले लगाउँदा’ लगायतका मर्मस्पर्शी गीतहरु गाएका थिए ।
solu-help-line-photo-13
https://youtube.com/watch?v=JXB51VDUn-s
solu-help-line-photo-14
त्यस्तै गायिका कोमल ओलीले ‘तिमी हामी यसरी भेटभाको दिन, मन मेरो लौननी बेमानी किन’, ‘घरमा छे चिटिकै परेकी पियारी’, ‘हरी ऊँ, हरी’ लगायत आधा दर्जनभन्दा बढी गित गाएका थिए ।
solu-help-line-photo-15
https://youtube.com/watch?v=P5nLpwxK-z0
solu-help-line-photo-17
गायक मिङमा शेर्पाले ‘हाम्रो त सोलु’ लगायतका गीतहरु गाएका थिए । गायक शेर्पाले गीत गाउँदा दर्शकहरु मज्जाले नाँचेका थिए ।
solu-help-line-photo-22
https://youtube.com/watch?v=tmk8sVMz968
गायक बलबहादुर राई र गायिक करुण राईले संयुक्त रुपमा ‘सुनकै गजुर बिर्सेको त छैन हजुर’ र ‘ए सोल्टीनी’ भन्ने बोलको गीत गाएका थिए ।
solu-help-line-photo-3
https://youtube.com/watch?v=MgpdBTdsiIc
हास्य कलाकार हरी निरौला (कक्रोज) र सागर लम्साल (वले) ले दर्शकहरुलाई पेट मिचाई मिचाई हसाएका थिए । उनीहरुले सन्देशमूलक हास्यव्यङग्य प्रहसन गरेका थिए ।
गायक पुष्कर सुनुवारले पनि आधा दर्जनभन्दा बढी गीतहरु गाएका थिए ।
solu-help-line-photo-12
गायक दौलत राईले ‘हरपल आउँछ याद तिम्रो’बाट वृहत साँस्कृतिक कार्यक्रममा गाउन शुरु गरेका थिए । गायक राईले चलचित्र लालेको ‘फुलेको फुल ओइलिन्छ सानु’, किराती साकेला गीत ‘जोरै विट्टे,’ सेलो गीत ‘टासीदेले फ्याफुल्ला सबैलाई’ र हिन्दी गीत ‘कान्छी रे कान्छीरे’ गाएका थिए ।
solu-help-line-photo-11
https://youtube.com/watch?v=2HEUvbe4y4U
नव गायक मनराज बाहिङले ‘परी हौकी तिमी स्वर्गबाट झरेकी’ र ‘दर्शन नमस्ते’ बोलको गीत गाएका थिए ।
solu-help-line-photo-10
https://youtube.com/watch?v=Gatkt-3gDCM
त्यस्तै नव गायीका मनिता राईले ‘ए साईला’ भन्ने बोलको गीत गाएका थिए ।
solu-help-line-photo-8
https://youtube.com/watch?v=SahlkhlM1Ok
नृत्याङगना अनुसा राई र प्रगती राईले तामाङ सेलो गीतमा नृत्य गरेका थिए ।
solu-help-line-photo-9

https://youtube.com/watch?v=9oggHl2qQ7Q
वृहत साँस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।
solu-help-line-photo-4
कार्यक्रम सञ्चालक दिनेश काफ्लेले विभिन्न कलाकारहरुको क्यारिकेचर गरेका थिए ।
https://youtube.com/watch?v=tulpwrTelFI
solu-help-line-photo-18
डि.जे. छेवाङले दर्शकहरुलाई राती अबेरसम्म छमछम नचाएका थिए ।
solu-help-line-photo-24
https://youtube.com/watch?v=13jyaZr_wGg
solu-help-line-photo-19
solu-help-line-photo-20
solu-help-line-photo-21

solu-help-line-photo-23

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार