२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

जापानमा नरुहितो राजा बनेसँगै ‘नयाँ युग’ शुरु


एजेन्सी

१८ बैशाख २०७६, बुधबार  

175
Shares

एजेन्सी । जापानमा नरुहितोले राजगद्दी सम्हालेसँगै ‘नयाँ युग’ शुरु भएको दावी गरेका छन् । उनले गएराति औपचारिक रुपमा सिंहासन सम्हालेका हुन् ।

सन् १९८९ मा गद्दी आरोहण गरेका अकिहितोले ३० वर्षपछि मंगलबार पद त्यागेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् । उनलाई इम्पिरियलको च्याम्बरमा एक तलवार दिइयो, जुन वीरताको प्रतीक मानिन्छ । उनलाई जापानको शाही खजाना पनि दिइएको थियो । यसलाई सामान्यतः गहन सांकेतिक अर्थ राख्ने विधि मानिन्छ ।

नरुहितो नयाँ राजा बनेपछि जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको बताइन्छ । नयाँ राजा पाएको खुसियालीमा जापानमा २२ अक्टुबरसम्म बिभिन्न समारोह आयोजना भइरहने अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ वर्षीय नरुहितो सामु आफ्नो परम्पराको बीच शाही परिवारलाई आधुनिक बनाउने र समकालीन जापानमा आफ्नो प्रासंगिकता कायम राख्ने र बुवा अकिहितोको विरासत जोगाउने चुनौती छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ०७ बजे