काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही खालिद अल शियाबीको निधन भएको छ । ओमानबाट उनी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी आरोही हुन् ।

उनले सन् २०१० मे २३ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलता पूर्वक आरोहण गरेका थिए । शियाबीको निधनले नेपाली राजदूतावास मस्कट परिवार स्तब्ध भएको शोक वक्तव्यमा भनिएको छ ।

‘यस दुःखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’ राजदूतावासले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘उहाँको असामयिक निधनले ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूर्णीय क्षति भएको छ ।’
१९ बैशाख २०७६, बिहिबार
420
Shares







