२ महिनापछि युरेनियम उत्पादन गर्ने इरानको चेतावनी

Facebook Debugger

एजेन्सी । परमाणु सम्झौतासँग सम्बन्धित नियम इरानले तोडेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पश्चिमा देशहरुले दिएका छन् । इरानले भने अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धबाट इरानलाई बचाउन २ महिनाभित्र कदम नचाले फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।

अमेरिकाले गत वर्ष आफैंले परमाणु सम्झौताबाट अलग भएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा राम्रो छैन । सन् २०१५ मा भएको सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । त्यसपछि इरानमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको थियो ।
अहिले यस सम्झौताबाट इरान आफैं आंशिक रुपमा अलग छ । अर्थात् सम्झौताका केही सर्तहरु नमान्ने बताएको छ । इरानका विदेशमन्त्री जावेद जरीफले भने आफूहरुले चालेको पछिल्लो कदम सम्झौताअनुसार नै भएको दाबी गरेका छन् । इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाको ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान र्पुयाएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ ।

Published On:  104पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार