प्रचण्डले गणतन्त्र दिवश चिशंखुगढीमा मनाउने

Facebook Debugger

ओखलढुंगा– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओखलढुंगाकाे चिशंखुगढी आउने भएका छन् । अध्यक्ष प्रचण्ड गणतन्त्र दिवसका दिन शहिद क्या. यज्ञबहादुर थापाको शालिक शिलान्यश गर्न चिश‌ंखुगढीकाे पाेखरे आउने भएका हुन् ।
जेठ १५ गते थापाको जन्मस्थान चिसंखुगढी गाउँपालिका २ पोखरेमा निर्माण गर्न लागिएको शालिक शिलान्याशका लागि प्रचण्ड आउने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । उनले राजनीतिक व्यवस्था परिर्वतन गर्न लड्दालड्दै टिम्बुरबोट काण्डमा पञ्चायति शाशकबाट हत्या गरिएको शहिद थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिए ।
०३५ सालमा हत्या गरिएका थापासहितका व्यक्तिहरुलाई ०७२ सालमा केपी ओली नेतृत्वको सरकारले शहिद घोषणा गरेको थियो । शहिदको सम्मानमा गणतन्त्र दिवशकै दिन शालिक शिलान्याश गर्ने योजना बनाइएको अध्यक्ष शर्माको भनाइ छ ।

Published On:  576पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार