सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका दुई जना एकल महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् । हिमालमा श्रीमान गुमाएका ङिमाडोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन हामी पनि गर्न सक्छौं भन्ने नाराका साथ उनीहरु सगरमाथा आरोहणमा गएका हुन् । फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा क्रेभासमा भासिएर तथा ङिमा शेर्पाका पति छिरिङवाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् । हिमालबाट खुशी खोसिएका फुरदिकी र ङिमा अहिले खुशी खोज्दै हिमालमै गएका थिए ।
https://www.youtube.com/watch?v=BJo6mt36cuM&t=59s
आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।
https://www.youtube.com/watch?v=rOAzlV3cNfc&t=436s
९ जेष्ठ २०७६, बिहिबार
280
Shares







