काठमाडौं । अभिनेत्री अदिति बुढाथोकी हाल मुम्बईमा छिन् । उनी मोडलिङको सिलसिलामा मुम्बई पुगेकी हुन् ।

अदितिले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी थिइन, जनु फोटो समाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा उनी निकै सुन्दर देखिएकी छिन् । रातो, बैजनी, नीलो आदि रङ मिसिएको ड्रेसमा उनले कालो चस्मा लगाएकी छिन् ।

हालसम्म अदितिको फोटोलाई ४७ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भनें सयौं कमेन्ट आएका छन् । उनको फोटोमा कमेन्ट गर्दै एकजनाले लेखेका छन, ‘वाह ! राम्री हुनुको पनि सीमा हुन्छ नी यार ।’ अर्काले हिन्दीमा लेखेका छन, ‘आप बहुत ही खुबसुरत दिखरही हो ।’
नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको अपोजिटमा देखिएकी अदिति अहिले मुम्बाईमा करिअर बनाउन व्यस्त छिन् । उनका फ्यान बलिउडतिर पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

२० जेष्ठ २०७६, सोमबार
42
Shares








