पोर्तुगल । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकतापछि विभिन्न देशमा रहेका भातृ संगठनहरु पनि एकता हुन थालेको छ । यसै शिलशिलामा पोर्तुगलमा रहेको नेपाली संघीय समाज पोर्तुगल र अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलको संयुक्त बैठक बसी दुवै संगठन एक भएको निर्णय गरेको हो ।

उक्त संयुक्त बैठकले आगामी २३ जुन २०१९ का दिन समाजवादी पार्टी नेपालको प्रवास सङ्ठन नेपाली समाज पोर्तुगलको नयाँ कार्यसमिति घोषणा गर्ने समेत निर्णय गरेको छ । बैठकबाट नेपाली काङ्ग्रेस कास्की जिल्लाको सक्रिय कार्यकर्ता, जनसम्पर्क समिति कोरियको पूर्वमहामन्त्री र पूर्वकार्यवाहक सभापति तथा महासमिति सदस्य आनन्द गुरुङ नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

‘परिवर्तन, सुशासन समृद्धि र समुन्नत समाजवादको मुलधारमा प्रवेश गर्नु भएकोेमा गुरुङजीलाई हार्दिक बधाई, स्वागत एवं सफलताको शुभकामना व्यक्त गर्दछु ।’ नेपाली समाज पोर्तुगलका संयोजक सोम शेर्पाले भने, ‘अबको देश चलाउने पालो भनेको पहिचानवादीहरुको हो, हामीलाई सम्पूर्ण न्ययाप्रेमि जनताले अबको दिनमा स्वीकार्नेछन् ।’
२० जेष्ठ २०७६, सोमबार
0
Shares







