२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

‘इद उलफित्रले नेपाली जनसमुदायमा सामाजिक सदभाव कायम होस’ : अध्यक्ष दाहाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रले नेपाली जनसमुदायमा आपसि भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको महान् चाड इद उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव भएको स्पष्ट पारका छन् । त्यस्तै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ४ : १३ बजे