२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

एमालेको चियापान ‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ’:सभापति देउवा


२९ आश्विन २०७३, शनिबार  

0
Shares

काठमाडौँ, २९ असोज । ‘निर्वाचन समयमा हुन्छ त’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र रु सरकारको के छ धारणा’’

छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिनुभयो, ‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’’

त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो । राजनीतिक सन्देश मिल्ने स्वष्ट जवाफ नआएपछि पत्रकारले पटक÷पटक संविधान संशोधन र निर्वाचनबारे कोट्याएपछि दुई शीर्ष नेताले मुख खोल्नुभएको थियो । सभापति देउवाले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

Sagarmatha

एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा आज धूम्रबाराहीस्थित शङ्खपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा नेताबीच शुभकामना आदानप्रदानसहित सामान्य घोचपेच पनि चल्यो ।

‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु’’ एमाले अध्यक्ष ओलीको जवाफपछि एक पत्रकारको ‘काँग्रेसलाई सुतेको बाघजस्तो दल भन्नुहुन्थ्यो त, नजिकै बस्दा डर लाग्या छैन’ भन्ने प्रश्नमा अध्यक्ष ओलीको छोटो जवाफ थियो, ‘‘जगाइराख्या छु ।’’ जगाउनु पनि खतरा होइन र भन्ने प्रतिप्रश्नमा ओलीले भन्नुभयो, ‘‘ काँग्रेसलाई अरु सानोतिनो किन भन्ने भनेर त्यसो भनेको नि ।’’

ब्रिक्स सम्मेलनका लागि भारतमा रहनुभएकाले प्रधानमन्त्री तथा नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चियापानमा उपस्थित हुन सक्नुभएन् । चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीगण, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा ९माले० का महासचिव सिपी मैनानीलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थियो ।

यसअघि पुरानो पार्टी कार्यालयको साँघुरो परिसरमा भन्दा शङ्खपार्कको फराकिलो वातावरणको चियापान थप व्यवस्थित देखिएको थियो । दिउँसो १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको मूलढोकामा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरेका थिए भने पाहुनालाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २९ आश्विन २०७३, शनिबार  ११ : ५१ बजे