चिशंखुगढी प्रथम अध्यक्षकप शुरु, लिखु र चम्पादेवीको बिजयी शुरुवात्

21 Shares

ओखलढुंगाः चिशंखुगढी प्रथम अध्यक्षकप भलिवल प्रतियोगिता शुरु भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं. ८ स्थित माम्खामा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो ।
चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न स्थानीय तहका ८ टिम सहभागी छन् । उदयपुर, खोटाङ र ओखलढुंगाका स्थानीय तहका खेलाहरुबीच प्रतिपस्र्धा हुने प्रशिक्षक सुधीर कार्कीले बताए । उनले उद्घाटन खेलमा आयोजक र अतिथिबीच प्रतियोगिता गराएर शुरु गरेको जानकारी दिए ।


उद्घाटन खेलमा आयोजकको टिम क्याप्टेन गाउँपालिका अध्यक्ष निशान्त शर्मा र अतिथि तर्फको टिम क्याप्टेन सांसद यज्ञराज सुनुवार थिए । आयोजकलाई अतिथि टिमले २३–२५ अंकले हराएको छ । उद्घाटन खेल समापनसँगै शुरु भएको प्रतियोगिताका खेल जेठ २८ गते सकिने खेल संयोजक नरेन्द्र वस्नेतले बताए ।
प्रथम अध्यक्षकपको बिजेताले १ लाख ५१ हजार १५१, उप विजेताले १ लाख १ एक हजार १११ र तृतीय स्थान हासिल गर्नेले ५१ हजार १११ नगद पुरस्कार तथा शिल्ड र मेडल पाउने छन् । त्यस्तै विभिन्न व्यक्तिगत विधातर्फ उत्कृष्ट शेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।
शनिबार भएको खेलमा लिखुले मानेभञ्ज्यांग र चम्पादेवीले मोलुङ गाउँपालिकालाई सोझो सेटमा हराएको छ । खेलको उद्घाटन सांसद यज्ञराज सुनुवारले गरेका थिए । उनले यो पटक प्रतियोगिता आयोजना गरिएको खेलकुद मैदानको स्तरबृद्धिका लागि १५ लाख बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष निशान्त शर्माले गाउँपालिकाभित्र खेल क्षेत्रको विकासको शुरुवात् अध्यक्षकपबाट गरिएको जानकारी दिए । उद्घाटनमा संविधानसभाका सदस्य हर्कबोल राई, नेकपाका नेता गुणकुमार राई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार