‘सगरमाथाबारे गरिएको हल्ला गलत’ : प्रधानमन्त्री ओली

14 Shares

बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाबारे गरिएको अनावश्यक हल्ला गलत भएको बताएका छन् । बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले सगरमाथा हिमालमा ट्राफिक जाम हुनेगरी अनुमति नदिएको बताएका हुन् ।


कुराकानीको शुरुवातमा नविनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । ‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’, ओलीले भने । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण ! सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।
यसैबीच आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने पनि प्रधानमन्त्री ओलीले बताए । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको सहभागिताबारेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार