एजेन्सी । संसदमा ब्लू फिल्म फिल्म हेर्दाहेर्दै भारतको संसद बैठकमा एक सभासद समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सांसद रंगेहात समातिएका हुन् ।

यस्तो लज्जास्पद घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ, ‘संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा ब्लू फिल्म हेरिरहेका थिए । उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बीजेडीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।
बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् । यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्, ‘यो घटना हुनु निकै लज्जास्पद छ, यो छानविन हुनुपर्छ, यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।’
तर, रंगेहात समातिएका सभासद दासले आफूले अञ्जानमा ब्लू फिल्म हेरेको प्रतिक्रिया दिएका छन् । उनले जानीजानी भियिो नहेरेको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र समेत भएको दाबी गरे । झारसुगुडा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए ।
आरोपी दासलाई संसदका अध्यक्ष निरञ्जन पुजारीले ७ दिनका लागि निलम्बित गरेका छन् । साथै अध्यक्ष पुजारीले घटनाको छानविन प्रस्ताव पनि संसदबाट पारित गराएका छन् ।







