४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

यात्रुसँग मनपरि भाडा असुल्नेमाथि कारवाही



ओखलढुंगा ३०, असोज– ओखलढुंगामा यात्रुसँग मनपरि भाडा असुल्ने सवारीमाथि प्रहरीले कारवाही थालेको छ । दशैं मनाएर गन्तव्यमा फर्किएका यात्रुँग मनपरि भाडा असुलेको पाइएपछि प्रहरीले चेकजाँच र कारवाही शुरु गरेको हो ।
जिल्लाका अन्तरिक सडकमा चल्ने जीपले तेब्बर भाडा असुल्ने गरेपछि चेकजाँच र कारवाही तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक दिपककुमार शाहले बताउनुभयो । दशैंको अवधीमा ४९ सवारी कारवाहीमा परेका छन् । यात्रुसँग लिइएको बढी भाडा फिर्ता गरिएको र कारवाही बाट ४४ हजार पाँच सय राजश्व संकलन भएको शाहले बताउनुभयो ।
बढी भाडा असुल्ने, सिटभन्दा बढी बोक्ने, चालक अनुमति पत्र नभएका र कागजात साथमा नबोक्नेमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती बढी भाडा असुल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिटी भिलेजका एक कर्मचारी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिलन केशीले बताउनुभयो । अनियमितता मनपरि गर्नेलाई प्रहरीले प्रहरीले जस्ता दवाव आए पनि नछोड्ने केशीको भनाइ छ ।
व्यवसायीले भाडाका सवारी र रातो नम्बर प्लेटका सवारीमा समेत दुईदेखी पाँच सयसम्म भाडा तोकिएका सडकबाट एक हजार देखी एक हजार पाँच सय सम्म भाडा असुल्न थालेका छन् । बाटो बिग्रेको, सवारी अभाव जस्ता कारण देखाएर रिजर्भ नगरे संचालन नगर्ने भन्दै रकम असुलि रहेका छन् । अनुगमन गरेर कारवाही गरे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीका काउन्टरका कर्मचारी नै बस तथा जीप अभाव छ रिजर्भमा मात्र पाइन्छ भन्दै दोब्बर भाडा असुल्दै आएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७३, आइतबार  ४ : १८ बजे