२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

कार दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु, ४ गम्भिर घाईते !


एजेन्सी

२ असार २०७६, सोमबार  

7
Shares

एजेन्सी । भारतको बलदेव क्षेत्रमा कार दुर्घटना हुँदा एकै परिवारमा ६ जनाको मृत्यु भएको छ । भने ४ जना गम्भिर घाईते भएका छन् ।
यमुना एक्सप्रेस–वेमा सोमबार बिहान ट्रकले कारलाई ठक्कर दिदाँ एकै परिवारको ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ वयस्क महिला र एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।


कारमा सवार यात्रुहरु ताजमहल हेर्नका लागि आगरातर्फ गइरहेका थिए । एसपी आदित्यकुमार शुक्लाले दिएको जानकारी अनुसार गौतमबुद्ध नगरमा वस्दै आएका प्रेमचन्द्र शर्माको परिवार ताजमहल हेर्नको लागि यात्रामा निस्किएका थिए ।
दुर्घटनामा घाइते भएकाहरुको आगराको कृष्णा अस्पतालमा उपचार भइरहेको छ । एसपी शुक्लाका अनुसार कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि ट्रक चालक फरार भएका छन । प्रहरीले चालकलाई खोजिरहेको बताइएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीका् भनाई छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ५३ बजे