काठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनीले नेपाली चलचित्रको गीतमा नाँच्न पाउँदा आफूलाई निक्कै खुशी लागेको बताएकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’को गीतलाई ट्वीटरमा शेयर गर्दै नायिका लियोनीले नेपाल र नेपालीप्रतिको मेरो माया धेरैलाई थाहा भएको भन्दै नेपाली चलचित्रको हिस्सा हुन पाउँदा खुशी लागेको बताएकी हुन् ।

‘नेपाली चलचित्रको हिस्सा हुन पाएकोमा खुशी लागेको छ । नायिका लियोनीले भने, ‘म खुशी छु, मेरो नयाँ नेपाली गीत दर्शकले शेयर गर्दा, नेपालप्रतिको मेरो माया धेरैलाई थाहा नै छ । म गर्व महसुस गरिरहेको छु, नेपाली चलचित्रको हिस्सा हुन पाउँदा ।’ उनले शेयर गरेको भिडियोमा नेपालीहरुको साथै धेरै विदेशीहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो समय नेपाली चलचित्रमा बलिउड र हलिउडको जस्तै सिको गर्ने चलन ह्वात्तै बढेको छ । चलचित्रको गीतलाई समेत करोडौं रकम खर्च गरेर छायांकन गर्ने समेत लहर चलेकाले यसले दर्शकलाई भने फाईदै गरेको छ ।
बलिउड नायिका लियोनी नेपाली चलचित्र ‘पासवर्ड’को गीतमा आइटम डान्स नाँचेकी छिन् । ‘आजको साँझ’ भन्ने बोलको गीतमा आइटम डान्स नाँचेकी हुन् । नायिका लियोनीले नाँचेको गीत युट्युब मार्फत सार्वजनिक भएपछि धेरै नेपाली दर्शकले उनको नाँचलाई मन पराएका छन् ।
गीतको भिडियोमा सन्नी बोल्ड अवतारमा दमदार प्रस्तुती दिएकी छिन् । गीतको शुरुदेखिनै वान र टू पिस पहिरनमा नाँचेकी उनलाई सयभन्दा बढि कोरस डान्सरले साथ दिएका छन् । गीतमा सन्नीसँगै नायक अनुपविक्रम शाही, विक्रम जोशी र बुद्धि तामाङलाई पनि देखाइएको छ ।
https://www.youtube.com/watch?time_continue=245&v=TGNlBS9xXtI
गीतलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन् । देभाले बलिउडमा सलमान खान, शाहरुख खान जस्ता नायकहरुलाई नचाईसकेका छन् । सन्नीलाई यस गीतका लागि २ करोड पारिश्रमिक दिईएको बताईएको छ । गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोखरेलको संगती र विक्रम जोशीको शब्द रहेको छ ।
चलचित्रमा विक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम जोशी, अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको यस चलचित्र एक्सन र थ्रिलर हो । चलचित्र भदौँ २७ मा अल नेपाल रिलिज हुँदैछ । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।









