२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बलिउड सेलिब्रेटीलाई १० अंकले दिएको सफलता ? अहिले पनि सम्झिन्छन् यस्ता कुरा !



एजेन्सी । पृथ्वीमा मानिस जन्मिसकेपछि संघर्षको दिन शुरु हुन्छ । जन्मने बित्तिकै बाहिरी वातावरणसँग आफूलाई अनुकुल बनाउन संघर्ष । आमाको दुध खान संघर्ष । अनि भोक लागेको बेला रुनु पनि बच्चाको प्रारम्भिक संघर्ष हो ।


जन्मेपछि मृत्यु साश्वत सत्य हो । अहिलेसम्म कथामा मात्र अजम्बरी भएको थुप्रै पात्रहरु छन् । तर यर्थाथमा कहिपनि अजम्बरी मानिसहरु छैनन् । कुनै मानिसको जीवनमा यस्ता अंक हुन्छन्, ती अंकले उसको जीवननै परिवर्तन गराएको छ । त्यस्ता अंकहरु हामी सबैको जीवनमा छ नै । तर हामी कत्तिले ख्याल गरेका छौं, त कत्तिले बिर्सिसकेका छौं । भर्खरै एक भारतीय पत्रिकाले केही बलिउड सेलिब्रिटीलाई ‘१० नम्बरबाट के सम्झिनुहुन्छ ?’ भनेर सोधेको थियो । उनीहरुको जवाफ यस्तो छ ।
दीपिका पादुकोण :

बुबाको जन्मदिन जुन १० मा पर्ने भएकाले मलाई यो अंक निकै मन पर्छ । यस दिन बुबालाई खुशी बनाउन केही विशेष गर्ने कोसिस गर्छु । त्यस दिन कामबाट बिदा लिन्छु । कुनै फोन कल उठाउँदिनँ । कुनै काम गर्दिनँ । आनन्दले बुबासँग समय बिताउँछु । छोरी आनन्दित हुँदा बुबा यसै खुशी हुन्छन् । बुबासँग मनग्गे गफ गर्छु ।

रणवीर कपुर :
हुन त पढाइका मामिलामा कपुर खानदानकै रेकर्ड त्यस्तो राम्रो छैन । तर, अंक १० सुन्नासाथ आफ्नो १० कक्षाको रिजल्ट सम्झिन्छु । १० पास गर्दा म आफ्नो घरमा सबैभन्दा धेरै पढेलेखेको मान्छे थिएँ । मेरो हजुरबुबा, बुबा र काकाहरू कोही पनि १० कक्षासम्म पुगेनन् । म भने १० कक्षा पास भएको थिएँ । मैले ५६ प्रतिशत अंक ल्याएको थिएँ । मेरी हजुरआमा निकै खुशी भएकी थिइन् । म पास भएको खुशीमा परिवारले ठूलै पार्टी आयोजना गरेको थियो ।

अनुष्का शर्मा :
बलिउडमा मैले १० वर्ष बिताइसकेँ । इन्डस्ट्रीलाई आफ्नो गुरु मान्छु । यसले मलाई असल मान्छे बन्न मद्दत ग¥यो । पहिलाभन्दा गम्भीर, परिपक्व र स्थिर भएकी छु । अरू ठाउँमा भएको भए यति धेरै सिक्दिनथेँ होला । किनकि, यो एकदमै अप्ठ्यारो इन्डस्ट्री हो । आफ्नो जीवनका २० वर्षमा सिक्न नसकेका कुरा फिल्म इन्डस्ट्रीले मलाई १० वर्षमै सिकायो ।

फरहान अख्तर :
फिल्म ‘रक अन’ सम्झिन्छु । सन् २००८ मा फिल्म आएको थियो । फिल्मले खूब चर्चा पायो । केही महिनाअघि मात्र फिल्मले १० वर्ष पूरा ग¥यो । यस अवसरमा हामीले १७ दिनमा आठ वटा सांगीतिक प्रस्तुती दिएका थियौँ । कुनै पनि फिल्मको सफलताको योभन्दा राम्रो सेलब्रेसन हुन सक्दैन ।


वरुण धवन :
१० अंकबाट म आगामी १० वर्षबारे सोच्छु । आउने १० वर्षमा अभिनेताका रूपमा राम्रा–राम्रा कथा र भूमिकासँग जोडिन चाहन्छु । फिल्म निर्देशन पनि गर्न चाहन्छु । मैले फिल्म मेकिङको कोर्स पढेको छु । मोबाइलबाट थुप्रै सर्ट फिल्म बनाएको पनि छु । आउने १० वर्षमा यी सबै कुरा पूरा गर्नेछु ।

यो पनि पढ्नुहोस ।

पूर्व पोर्नस्टार सन्नी लियोनीले नेपाली चलचित्रको गीतमा नाँचेपछि के भने … !

 

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : ११ बजे