एजेन्सी । बलिउड नायिका काजल अग्रवालले गोधुली साँझमा खिचिएका बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकबाट नायिका अग्रवालले समुन्द्र तटमा खिचिएका बोल्ड तस्वीर सार्वजनिक गरेकी हुन् ।

ढल्किदै गएको गोधुली साँझमा उनले विन्दास भएर तस्वीर खिचाएका छन् । वानपिसमा उनले पिङ्क कलरको गाउनमा तस्वीर खिचेका छन् । केहि गम्भिर देखिने उनको मुहारमा ढल्कदै गरेको गोधुली साँझको असर प्रत्यक्ष रुपमा देखिएको छ । सुनसान वातावरणमा उनले खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
साउथ इन्डियन चलचित्रहुँदै सिने क्षेत्रमा प्रवेश गरेकी उनले जन्मदिनको अवसरमा समुन्द्र तटमा खिचिएका तस्वीर सार्वजनिक गरेकी हुन् । केहि न केहि गरेर सँधै चर्चामा रहने उनी विषेश गरेर सुन्दर मुहार, पहिरन र जीवन्त अभिनयका कारण चर्चामा छाउने गर्छिन् ।
बलिउडमा खासै जम्न नसकेपनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छिन् । हिन्दी चलचित्र सिंघम मार्फत बलिउडमा डेब्यु गरेकी भए पनि खासै बलिउडमा दर्शकको मन जित्न सकिनन् । उनले अभिनय गरेको सिंघम चलचित्र सुपरहिट भए पनि उन ीभने छायाँमा परिन् ।
उनले रणदिप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६’ नामक चलचित्रमा पनि काम गरीसकेकी छिन् । उनलाई बलिउडमा नफापे पनि साउथ इन्डियन चलचित्रमा नायिकाकै रुपमा डिमान्ड गर्नेको कमि छैन । चलचित्रमा आउनुभन्दा पहिले विभिन्न विज्ञापनमा मोडलको काम गर्थिन उनी ।












