२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मोदीको दोस्रो झट्का नेपाललाई ! अबदेखि भारत जान नेपालीलाई पनि भिसा चाहिने !


७ असार २०७६, शनिबार  

455
Shares

काठमाडौ । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीहरुको लागि कठोर निर्णय गरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा ३ महिनाभन्दा बढी नाका बन्दी लगाएर नेपालीहरुको ढाड सेकिदिएको मोदीले दोस्रो कार्यकालको सफत लिने बित्तिकै भारत जान नेपालीहरुलाई भिसा अनिवार्य गर्ने निर्णय गरेका हुन् ।


नरेन्द्र मोदीले प्रधानमन्त्रीको सफत लिदै गर्दा नेपालीहरुमा विभिन्न किसिमका शंका उपशंकाहरु उब्जिएका थिए । नभन्दै कतिपय नेपालीहरुले गरेका शंका आज यथार्थमा परिणत भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ । त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।
पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने भएको हो ।
यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो । नेपालीलाई भारत जान भिषा लाग्ने भएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका आलोचनात्मक टिप्पणीहरु ह्वात्तै बढेको छ । कतिपय नेपालीहरुले त व्यङ्गत रुपमा भारतीय प्रधानमन्त्रीको क्यारिकेचर गर्दै स्टाटसहरु लेखेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ११ : २५ बजे