२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

वानपिस ड्रेसपका कारण फेरी प्रियंका भाईरल ! आखिर कस्तो लगाईन त वानपिस ? [फोटोफिचर]


एजेन्सी

७ असार २०७६, शनिबार  

392
Shares

एजेन्सी । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालले गर्दा भाईरल हुन कत्ति पनि समय लाग्दैन् । सामान्य नागरिकदेखि देशको जिम्मेवारी सम्हालेका राष्ट्र प्रमुखसम्मको दैनिकी कसरी बित्दै छ भनेर विभिन्न सामाजिक सञ्जालले जानकारी दिइरहेका हुन्छन् ।


झनै सेलिबे्रटीहरुको त कुरै नगरौं । समय समयमा विभिन्न सामाजिक सञ्जाल मार्फत भाईरलको शिकार हुनु परेको छ । प्रायः गरेर सामाजिक सञ्जालमा भाईरलको शिकार चलचित्र क्षेत्रका नायिकाहरु हुने गरेका छन् । हट एण्ड बोल्ड तस्वीर होस वा चुम्बन दिएको दृष्य । वा उनीहरुले लगाएको पहिरनको कारणले पछिल्लो समय भाईरलको शिकार हुनु परेको तथ्यांकहरु एकपछि अर्को थपिएका छन् ।
भर्खरै बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि भाईरलको शिकार हुनु पर्यो । कान फिल्म फेस्टिवलको हिस्सा बनेपछि अभिनेत्री चोपडा अमेरिकाको लस ऐन्जेलिसमा एउटा इभेन्टमा पुगेकी थिइन् । सोही इभेन्टमा प्रियंकाले लगाएको पहिरनले उनलाई भाईरलको शिकार बनाएको हो ।
उनले लगाएको पहिरनलाई लिएर अहिले विश्वभरबाट आलोचनात्मक टिप्पणीको ओइरो लागेको छ । अधिकांशले राम्रै टिप्पणी गरे पनि केहिले प्रतिनिधीमूलक टिप्पणी गरेका छन् । आखिर कस्तो लगाएकी थिइन त अभिनेत्री चोपडाले पहिरन ? यी तस्वीरहरु हेर्नुहोस !

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ५ : ३५ बजे