‘लाईभ टेलिभिजन शो’मैं नेताले पत्रकारलाई कुटेपछि … हेर्नुहोस भिडियो !

Facebook Debugger

इस्लामावाद । पाकिस्तानको ‘के २१ न्यूज’ टेलिभिजन च्यानलमा लाईभ कार्यक्रम चलिरहेको बेला नेताले पत्रकालाई कुटपिट गरेका छन् । सत्ताधारी पार्टीका एकजना नेताले संवाद प्यानलमा कुराकानी भैरहेको बेला एक्कासी पत्रकारलाई कुटपिट गरेका हुन् ।


पाकिस्तानी टेलिभिजन ‘के २१ न्यूज’मा ‘न्यूज लाइन विथ अफताब मुघेरी’ नामक कार्यक्रम चलिरहेको बेला नेताले प्रश्नकर्ता पत्रकारलाई नै कुटेका हुन् । टेलिभिजनको स्टुडियोबाट लाईभ कार्यक्रम प्रशारण भैरहेका बेला नेताले पत्रकारलाई कुटेका थिए । कार्यक्रममा सत्ताधारी पिटीआईका मसरुर अलि सियाल र कराची प्रेस क्लबका प्रमुख इम्तियाज खान सहभागी थिए ।


दुबैका बीचमा बहस चर्किंदै गएपछि कार्यक्रममा एक्कासी टेलिभिजनको इतिहासमै दुर्लव दृष्य एवं अकल्पनीय घटना भयो । पिटिआई नेता आफ्नो सीट छोडेर पत्रकारलाई धक्का दिएर भूईमा लडाए । पत्रकार उठेर नेतालाई सम्हाल्न खोज्दै कम्मरमा समाए । त्यसपछि नेताले पत्रकारलाई भकाभक कुटन शुरु गरे । नेता र पत्रकारको झगडालाई अतिथी र अन्य स्टाफहरुले छुटाएका थिए ।
घटनापछि पिटिआईको कडा निन्दा भइरहेको छ । नेता र पत्रकारको यस्तो दृष्य विश्वभर विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनहरुमा भाईरल भएको छ । विश्वभरी यस विषयमा पक्ष र विपक्षमा प्रतिक्रियाहरु लाखौंको संख्यामा आइरहेको छ ।

Published On:  334पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार