७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो



भारत, २९ असोज । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि स्थानीय एक पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति वनारस क्षेत्रमा भएको उक्त दुःखद घटनाले आफूलाई मर्माहत तुल्याएको शनिबार ट्विटमार्फत जनाउनुभएको छ ।

उहाँले घटनापछि आफूले स्थानीय अधिकारीसँग कुराकानी गरेको र घटनामा ज्यान गुमाउने मृतकका आफन्तजनलाई दुई लाख राहतसहयोग दिने घोषणा गर्नुभएको छ । साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाखको राहत सहयाग घोषणा गर्नुभएको छ । रासस÷ एपी

प्रकाशित मिति : ३० आश्विन २०७३, आइतबार  ४ : ०६ बजे