हरियाणा कांग्रेस प्रवक्ता चौधरीको गोली प्रहारबाट मृत्यु !

Facebook Debugger

काठमाडौ । भारत हरियाणा प्रदेशको चर्चित कांग्रेस नेता एवं प्रवक्ता विकास चौधरीको गोली प्रहारबाट मृत्यु भएको छ । बिहीबार विहान दुईजना बन्दुकधारीले गोली हानी प्रवक्ता चौधरीको हत्या गरेका हुन् ।


माक्स लगाएर आएका दुई जना व्यत्तिले विकासको रोकिराखेको गाडिमा अगाडिबाट अन्धाधुन्दा गोली चलाएका थिए । चौधरीलाई गोली हानेपछि उनीहरु भागेको प्रहरीले बताएको छ । चौधरीको शरीरमा ८-१० गोली लागेको समेत प्रहरीले बताए । उक्त घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।
क्यामेरामा कैद दृश्यमा आक्रमणकारीहरु गोली हानेर भागेको देखिएको छ । घटना स्थानीय समय अनुसार आज (बिहीबार) बिहान ९ बजे भएको हो । विकास यहाँको सेक्टर-९ स्थित जिम पुगेका थिए । उनी जिम गएको बेला नै उनीमाथि आक्रमण भएको जनाइएको छ । स्थानीयले उनलाई अस्पताल पुर्याएका थिए तर डाक्टरहरुले उनलाई मृत घोषणा गरे । विकासलाई प्रदेश कांग्रेस अध्यक्ष अशोक तंवरको निकतष्ठ मानिएको छ ।

लामो समय देखि राजनीतिमा लागेका उनी जनप्रिय बन्दै गएका थिए । राजनीतिमा लागेपछि उनले दुश्मन पनि थुप्रै कमाएका थिए, यस विषयमा उनी जानकार पनि नभएका होईनन् । उनी सधैं आफ्नो साथमा ३ देखि ४ जना निजी सुरक्षाकर्मी राख्ने गर्थे । हरियाणा प्रदेश कांग्रेस अध्यक्ष अशोक तंवरले प्रदेशमा जंगली राज शुरु भएको प्रतिक्रिया दिएका छन् । गुणडागर्दी बढ्दै गएको भन्दै नियन्त्रणका लागि कुनै पहल नभएको आरोप पनि उनले लगाए । दैनिक भास्कर

Published On:  117पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार