जब एक किशोरले दुई तल्लामाथिको झ्यालबाट खसेकी बच्ची च्याप्प समाए !

Facebook Debugger

बीबीसी । भनिन्छ मर्ने दिन छैन भने जस्तोसुकै दुर्घटनामा परे पनि बाँचिन्छ । संसारको विभिन्न देशमा भएका भयानक दुर्घटनामा बाँचेका धेरै मानिसले यसै भन्ने गर्दछन् ।


नेपालमा भएका भयानक दर्घटना वा प्राकृतिक प्रकोपलाई हेर्ने हो भने पनि ती दुर्घटनाबाट केहि मानिसहरु बाँचेका छन् । नेपालमा विभिन्न समयमा भएका हवाई दुर्घटना होस वा गाडि केहि न केहि मानिसहरु अस्वभाविक रुपमा बाँचेका छन् । वि.सं. २०७२ सालमा गएको भूकम्पको कुरा गर्ने हो भने पनि धेरैको आङ जिरिङ्ग हुन्छ । त्यो भयानक प्राकृतिक विपत्तिमा पनि अस्वभाविक रुपमा केहि मानिसहरु बाँचेका छन् । धरहरामाथिबाट भुइमा बजारिएर होस वा ७२ घण्टासम्म घरले थिचिएको एउटा कुनामा बसेका मानिस आखिर बाँच्ने दिन छ भने बाँचिदो रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् ती !
यस्तै घटना टर्कीको इस्तानबुलमा भएको छ । संयोग भनौं या भाग्य ! एक १७ वर्षिय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा च्याप्प समातेर उनको ज्यान बचाएका छन् । अल्जेरियाका फजी जबातले ती बच्चीलाई नसमातेको भए बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो भन्ने खबर बीबीसी अनलाईन नेपाली संकरणमा प्रकाशित छ ।

Published On:  366पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार