संसारभर रहेका नेपालीहरुको मन र भावनालाई समेटेर अगाडि बढ्छौं : मुख्यमन्त्री राई

Facebook Debugger

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्री राईले नेपालको तीब्र विकासका लागि संसारभर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न समेत आव्हान गरेका हुन् ।


अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् । हामी सबैको ध्यान नेपालमा आकर्षित गराउन चाहन्छौ, मुख्यमन्त्री राईले कार्यक्रमलाई सम्बोधन गर्दे भने, नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं । यसका लागि वातावरण बनिरहेको छ, मुख्यमन्त्री राईले भने, ‘हामी वातावरण बनाइरहेका छौं ।’ नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताए । नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ, मुख्यमन्त्री राईले भने, ‘यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।’
विगतमा नेपाल विभिन्न कारणले पछि परेको भएपनि यतिबेला नेपाल तीब्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल राष्ट्र स्पष्ट गन्तव्य सहित समृद्धिको महान यात्रामा प्रवेश गरेको बताए ।

Published On:  118पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार